अन्तर्राष्ट्रिय

राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा

२६ मंसिर, हनोई । चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा आज भियतनाम आइपुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मङ्गलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ ।
द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उनको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ ।
दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीन–भियतनाम सम्बन्धको स्तरोन्नति गर्ने र दुई देशबीचको व्यापक रणनीतिक सहयोगलाई अझ गहिरो र ठोस बनाउन बारे छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन् ।