राजनीति

जनताका काम गर्न नसक्ने बर्तमान प्रचण्ड सरकार परिवर्तनको बिकल्प छैनः बरिष्ठ नेता डा कोईराला

२८ मङ्सिर, मोरङ । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले पहिचानवादीले उठाएको प्रदेश नं १ पुनः नामकरण मुद्दाको समाधान छलफलबाट हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले ‘नेकांको पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने’ नारालाई साकार गर्न वार्ता एवं छलफलबाट निकास निस्कने बताए ।

उनले ढुङ्गामुढा गरेर समस्या समाधान नहुने भन्दै आफ्नो पार्टीले कोशी प्रदेशमा अन्य पार्टीलाई मुख्यमन्त्री बनाउन खोजेपछि विद्रोह गरिएको दाबी गर्नुभयो । केन्द्रीय सदस्य कोइरालाले सुशासन प्रवद्र्धनमा जोड दिए ।
उनले अब सरकारले धेरै गल्ती गर्न थालेकोले केन्द्र सरकार पनि परिवर्तन हुनसक्ने बताएका छन् । उनले बर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको भन्दै सरकार परिवर्तनको बिकल्प नभएको बताएका छन् ।