राजनीति

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

३० मङ्सिर काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान उनीहरुबीच भएको भेटमा मुलुकको समसामयिक लगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।