राजनीति

प्रधानमन्त्रीसँग श्रीलङ्काका राजदुतको भेट

३ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदुत सुदर्शना पार्थिरानाले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा आज भएको सो भेटमा उनीहरुबीच नेपाल र श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।