आर्थिक

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल चयन

३ पौष, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २३० औं संञ्चालक समितिको बैठकबाट रामु पौडेललाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेकोछ । आजको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । रामु पौडेलको केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।