मनोरञ्जन

अनुपद्वारा निर्देशित शैलेन्द्रको गजल ‘जब तिमी आयौ’ सार्वजनिक (भिडियो)

३ पौष, काठमाडौं । रचनाकार शैलेन्द्र ढकालद्वारा रचित एक सुन्दर गजल “जब तिमी आयौ” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गजल गायक राज सिग्देलको स्वर र शास्त्रीय संगीतका गुरु चण्डी प्रसाद काफ्लेको सुमधुर संगीत रहेको गजलमा देबेन्द्र नेवाको एरेन्ज रहेको छ।

नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको यस गजलको भिडियोमा रचनाकार शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ, मुख्यतः एक जोडीको माता पिताबन्ने दौरानमा आएको उतार चढाव, मानसिक भोगाई, दुःखदायी पल र संघर्ष, अनि सफल कथालाई जीवन्त चित्रण गरिएको छ।

युवा निर्देशक अनुप चापागाईंद्वारा निर्देशित भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।