राजनीति

डा कोइरालाको प्रतिबद्धता: अब मुलुकभर-सुनसरीका वडा वडामा जान्छु, जनता र कार्यकर्तालाई अन्याय हुन नदिने प्रयासमा रहन्छु

५ पौष, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले गुटका नाममा नेपाली काँग्रेसको उम्मेदवारलाई मत नमाग्ने व्यक्ति काँग्रेसी हुन नसक्ने बताएका छन् । 

पार्टीभित्र छलफलका लागि वा विजय हुनका लागि समूह बनाउनु सामान्य भएको भन्दै सुनसरीका ४ वटै बड विजय हुनका लागि सबै लाग्नुपर्ने बताए । उनले आज सुनसरीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका नेता डा कोइरालाले सुनसरी काँग्रेस बिग्रनुमा जिल्ला जिम्मेवार हुनुपर्ने, केन्द्रमा आफ्नो समूह बिग्रनुमा आफ्नो जिम्मेवारी हुने, वडा बिग्रनुमा वडा नेतृत्व जिम्मेवारी हुनुपर्ने बताएका छन् । 

उनले वरिष्ठ नेता डा कोइरालाले आफूलाई सुनसरी हेर्न जिल्लाका नेता कार्यकर्ताले अनुरोध गरे पनि यसअघि आफूले ठुला नेता भएकाले आफूले ध्यान नदिएको भए पनि अब आफू विराटनगर आएका बेला सुनसरी आउने बताएका छन् । उनले अब देशभर र सुनसरीका चार वटै क्षेत्र र वडा–वडा घुम्ने भन्दै आफूले सुनसरीका नेता कार्यकर्तालाई अन्याय हुन नदिनेमा आफूलाई विश्वास गर्न आग्रह गरेका छन् । 

वरिष्ठ नेता कोइरालाले देश अहिले अत्यन्तै अप्ठ्यारो परिस्थितिमा भएको भन्दै नेपाली काँग्रेसलाई समेत सबैतिरबाट आक्रमण भएको स्वीकार गरेका छन् । उनले नेपाली काँग्रेस मात्र एउटा देशको सबैभन्दा बलियो शक्ति भएको भन्दै नेपाली काँग्रेस कमजोर भयो भने लोकतन्त्र र मुलुक नै कमजोर हुने हुँदा नेपाली काँग्रेस कमजोर बनाउन नहुने बताए । उनले सुनसरीको नेपाली काँग्रेसको सङ्गठनलाई राम्रो भन्नुपर्ने बताउँदै मेयर, गाउँपालिका प्रमुखबिचको सम्बन्ध सुमधुर बनाउनुर्ने बताए । मेयर र जनप्रतिनिधिले पार्टीसँग सल्लाह गर्नुपर्ने बताउँदै जिल्ला सभापति र मेयर दुवै केदार भण्डारी हुनुभएको हुनुभएको हुँदा काँग्रेसको सङ्गठन बिस्तारमा सभापतिले राम्रो काम गरेको बताए । 

उनले सङ्घीयतामाथि सबैतिर प्रहार भएको भन्दै गणतन्त्र हटाउन, धर्म निरपेक्षता हटाउने षड्यन्त्र भएको बताए । उनले मन्त्रीहरूले जनताका काम गर्नुपर्ने भन्दै राजनीतिक नेतृत्वले सुशासन रोक्ने, भ्रष्टाचार रोक्ने, दण्डहीनता रोक्न कार्य सरकारले गर्न नसकेको भन्दै अनुदान घटेकोमा चिन्ता व्यक्त गरे । 

डा कोइरालाले ३५ वटा चिनी मिल घटेर ९ वटामा आएकोमा चिन्ता व्यक्त गरे ।

 । जनताहरू जति बेला पनि नेताको कुरा गर्ने भन्दै भ्रष्टाचारमा कर्मचारीको पनि सहभागिता उत्तिकै हुने बताए । उनले शिक्षाको अवस्था हेर्दा १ खरब २७ अर्ब बिदेसिएकामा चिन्ता लाग्नुपर्ने बताए । उनले शिक्षा राम्रोसँग नेपालमा नै दिन सक्नुपर्ने बताए । उनले नेपालको विकास गर्ने हो भने कृषि, पर्यटन र हाइड्रोको विकास गर्नुपर्ने बताए । उनले कृषि उत्पादन बढाउनुपर्ने बताए । नेपालीहरू बिदेसिए भनेर दुःख मनाउ गर्नुपर्ने भन्दा पनि स्वदेशमा नै बस्ने वातावरण बनाउनुपर्नेमा बताए । उनले पार्टीको नेतृत्व परिवर्तन भए जनतामा आशा आउने भन्दै त्यसका लागि सबै लाग्ने बर्ता । उनले २०८२ मा पार्टीको अधिवेशन हुनुपर्ने भन्दै संविधान संशोधनका उठेका कुरामा उचित ध्यान दिनुपर्ने बताए । कार्यक्रम सुनसरी जिल्ला सभापति एवं नेपाली सुनसरी सभापतिको सभापतित्व भएको थियो ।  कार्यक्रममा केन्द्रीय सदस्य राजीव कोईराला, राजीव ढुंगाना, सीताराम मेहता, राजन मेहता, मुख्यमन्त्री केदार कार्कीलगायतले आफ्नो विचार ब्यक्त गरेका थिए ।