राजनीति

भूकम्पपीडितका १० जना ५ बर्षका बच्चालाई १२ कक्षासम्म पाढाउने उपसभापति गुरुङको बचन

१० पौस, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति एबम् कानून मन्त्री धनराज गुरुङले भूकम्पबाट बाबु वा आमा गुमाएका ५/६ वर्ष उमेरका बाल-बच्चाहरु १० (दश) जनालाई १२ कक्षासम्म काठमाण्डौंमा ल्याएर सम्पुर्ण रुपमा निःशुल्क पढाउने ब्यवस्था मिलाएको बताएका छन् ।
उनले एक भिडियो सार्बजनिक गर्दै जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राती गएको भूकम्पबाट पीडितहरुलाई बिभिन्न सहयोगको आबश्यकता भएको बताउँदै उक्त कुरा बताएका हुन् ।

उनले भिडियोमा भनेका सारांसः जाजरकोट र रुकुम पश्चिममा गत कार्तिक १७ गते राती गएको भूकम्पबाट पीडितहरुलाई बिभिन्न सहयोगको आबश्यकता छ।
भूकम्पबाट बाबु वा आमा गुमाएका ५/६ वर्ष उमेरका बालबच्चाहरु १० (दश) जनालाई १२ कक्षासम्म काठमाण्डौंमा ल्याएर सम्पुर्ण रुपमा निःशुल्क पढाउने ब्यबस्था मिलाएको छु।