राजनीति

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडी जलेपछि दुईको मृत्यु, रबि लामिछाने यसो भन्छन्…

१३ पौस, काठमाडौं । रास्वपाका सभापति रबि लामिछानेले आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको बताएका छन् ।
उनले स्टाटस् लेख्दै भनेका छन्, ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्।’
सभापति लामिछानेले भने, ‘आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ। घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला।’

सभापति लामिछानेले भनेका छन्, ‘रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा मर्माहत भएको छु। शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन। तर परिवारलाई राहत दिइयोस्। परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस्।’
आज बालकुमारीमा कोरिया जाने युवाहरुले मन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलेपछि प्रहरीको कारबाहीमा दुई युवाको निधन भएपछि स्थीति तनावग्रस्त छ ।