राजनीति

तमु ल्होसारको उपलक्ष्यमा देउवाको शुभकामना

१५ पौस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पर्न गएको तमु ल्होसार पर्वको शुभकामना दिएका छन् ।
उनले एक शुभकामना पज्ञ जारी गर्दै देशबासीका नाममा उक्त शुभकामना दिएका हुन् । उनले शुभकामनामा भनेका छन्, ‘तमु (गुरुङ) जातिको महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’