राजनीति

देश पूर्व प्रधानमन्त्रीहरुको कब्जामा रहेको देखियो, प्रतिस्पर्धा गरेर अगाडी बढ्छुः महामन्त्री थापा

‘१८ पौस, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले देश पूर्व प्रधानमन्त्रीहरुको कब्जामा भएको बताएका छन् । उनले पूर्वकर्मचारीहरुको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अरु कुनै पनि मूलूकमा यति धेरै पूर्व प्रधानमन्त्रीहरु राजनीतिमा सकृय भएको जानकारी आफूलाई नभएको भन्दै राजनीति बिग्रनुमा यही कारण मुख्य भएको संकेत गरे ।

उनले भने ‘हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भनेको पाँच/छ जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीहरुको यस्तो नियन्त्रणमा देश परेको छ कि नेपालका राजनीतिक दलहरु उहाँहरुको, प्रकारान्तरले नेपालको राजनीति नै उहाँहरुको नियन्त्रणमा भएको जस्तो । झगडा गरे पनि उहाँहरु । मिले पनि उहाँहरु, ‘मैले पढेको प्रजातन्त्रमा एउटै नेता २०/२५ वर्षदेखि । यतिधेरै भूतपूर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन । यतिधेरै भूतपूर्व प्रधानमन्त्री, अहिले गठबन्धनको बैठकमा जान्छु यहाँबाट, त्यहाँ एकले अर्कोलाई सम्बोधन गर्दैगर्दा नमस्कार प्रधानमन्त्रीज्यू, भनेपछि एउटा भएको प्रधानमन्त्री, अर्को हुनेवाला प्रधानमन्त्री, एउटा भइसकेको प्रधानमन्त्री, प्रधानमन्त्री नै प्रधानमन्त्री बसेको अवस्था हुन्छ । एकछिनपछि प्रमुख प्रतिपक्षसँग बैठक छ । त्यहाँ पनि को बस्ने भन्दा तीनवटा प्रधानमन्त्री । एउटा भइसकेको प्रधानमन्त्री, एउटा हुनेवाला प्रधानमन्त्री, एउटा हुनसक्ने प्रधानमन्त्री बस्ने बैठक । यो हाम्रो राजनीतिको दुःखद् पक्ष हो।’


नेता थापाले पुराना नेताहरुसाग आफु प्रतिष्पर्धा गर्न तयार रहेको बताउँदै राजनीतिमा प्रतिस्पर्धा गरेर अगाडी बढ्नुपर्ने बताए ।