समाचार

हुम्लामा बेपत्ता भएका एक पुरुष मृत भेटिए

२० पुस, हुम्लामा चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृत अवस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए ।

यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए । गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए । हिन्दू परम्पराअनुसार मृतक बुढाथोकीको आज अन्तिम दाह संस्कार गरिएको भक्तराजले जानकारी दिए ।