राजनीति

राष्ट्रिय सभा सदस्य सिफारिसका लागि काँग्रेस कार्य सम्पादन समितिको बैठक आज, को को पर्लान् ?

२२ पौस, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । यही माघ ११ गते बस्ने राष्ट्रिय सभाको निर्बाचनमा काँग्रेसबाट कस कसलाई बठाउने कसरी अगाडी बढ्नेलगायतका रणनीति तयार गर्न काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
नेपाली काँग्रेले नेता कृष्ण सिटौला, गोपालमान श्रेष्ठलगायतका नेताहरुको नाम सातै वटा प्रदेशबाट केन्द्रमा राष्ट्रिय सभा सदस्यका लागि संकलन गरेको छ। ७७ वटै जिल्ला र सातै प्रदेशबाट आएका नामहरुमध्ये कार्य सम्पादन समितिले छानेर पठाउनेछ ।
गठबन्धन दलहरु, प्रमुख प्रतिपक्षी दलले भागबण्डा गर्दा काँग्रेसले पाएको सीटमा कार्य सम्पादन समितिले छान्नेछ ।