खेलकुद

क्रिकेटर सन्दीपलाई सजाय सुनाईएकोमा एनआरएनका नेता नविनले भने, ‘कानुन अन्धो हैन ब्यबहारिक हुनुपर्छ’

१ माघ, काठमाडौं । एनआरएनका नेता नविन बिकले कानुन अन्धो हैन ब्यबहारिक हुनुपर्छ भनेका छन् । उनले सन्दीप लामिछानेको बलात्कार काण्डका बिषयमा सामाजिक सञ्जालमा लेख्दै उक्त कुरा बताएका हुन् ।
ब्यावशायीसमेतरहेका बिकले केटी १८ बर्षको हुदा सन्दिप पनि त २० बर्षको अल्लारे थियो, २० बर्षको अल्लारे केटाको बुद्दि कस्तो हुन्छ, आफु २० बर्षको हुदा कस्तो थियौ ? भनेर प्रश्नसमेत गरेका छन् ।

क्रिकेटर सन्दीप लामिछानेलाई गौसाला ६ लाई बलात्कार गरेको अभियोगमा ८ बर्षको जेल काराबास सजाय सुनाएको अभियोगमा बिभिन्न टिकाटिप्पणी भएका बेला नविनको उक्त भनाई आएको हो ।

उनको सामाजिक सञ्जालमा लेखिएको जस्ताको तस्तैः

सन्दिपलाई बलात्कारी घोषित गरेर काठमाडौ जिल्ला अदालतले अनुराधा एन्ड कम्पनी (माईती नेपालको (ईज्जत राखिदियो, ३ नम्बर प्रदेशको पुर्ब गभर्नरको फेस सेभ गर्यो तर केटीलाई बालिग घोषित गरेर घुमाउरो पारामा सन्दिप निर्दोष छ है भन्ने सन्देश पनि दिएको छ। यो मुद्दा सर्बोच्चमा लगेर सन्दिपले सिधै सफाई पाउने हदै सम्मको सम्भावनाको ढोका पनि काठमाडौ अदलतले खोलिदिएको छ । काठमाडौको जिल्ला अदालतले धेरै ठुलो दबाब झेल्नु परेको मैले महशुस गरेको छु। केटी १८ बर्षको हुदा सन्दिप पनि त २० बर्षको अल्लारे थियो, २० बर्षको अल्लारे केटाको बुद्दि कस्तो हुन्छ, आफु २० बर्षको हुदा कस्तो थियौ ? आफ्नो घरको २० बर्षको छोरा, भाई, भान्जा भतिजो र छिमेकी केटोलाई हेरे पुग्छ, यो उमेरका फुच्चाहरु कति परिपक्क हुन्छन भनेर ? अमेरीकामा एउटै उमेर वा १–२ बर्षको फरकका युवा युवती बिच भएको गल्ती (नाबालिग यौन) सम्बन्धलाई पनि अपराधीकरण गरिदैन। कानुन अन्धो हैन ब्यबहारिक हुनुपर्छ।