राजनीति

लामिछानेले आक्रोशित हुँदै भनेः गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है

८ माघ, काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाली गर्न कोही छुट्नु भो कि ? भन्दै कडा प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै छुट्नु भएको भए गरिहालौं है भन्दै आज पत्रिकार सम्मेलन गरेर कुराहरु स्पष्ट गर्ने बताएका छन् ।
सहकारी ठगीका बिषयमाआएका लामिछानेका बिषयका नकारात्मक टिकाटिप्पणीका बिषयमा आक्रोशित हुँदै उक्त कुरा बताएका हुन् ।
मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोहि ‘स्लिप’ हुनै पर्दैन भन्ने उनले तर्क गरेका छन् ।

उनको भनाईः

गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोहि ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।