अन्तर्राष्ट्रिय

अफ्रिकी संघ शिखर सम्मेलनमा राष्ट्रपति सी चिनफिङको बधाइ सन्देश

५ फागुन, बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार ३७औँ अफ्रिकी संघ (एयु) शिखर सम्मेलनको उद्घाटन सत्रमा बधाइ सन्देश पठाउका छन् ।

सन्देशमा राष्ट्रपति सीले गत वर्ष चीन–अफ्रिका नेताहरूबीचको वार्ता सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै दुवै पक्षले आ–आफ्नो आधुनिकीकरणको मार्गमा एकअर्कालाई सहयोग गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

उनले चीन–अफ्रिका सम्बन्ध अझै गहिरो गरी विकास हुँदै गएको कुरा औंल्याएका छन् । विकासको परिकल्पनालाई साकार पार्नका लागि दुवै पक्षले संयुक्त रूपमा उचित वातावरण सृजना गर्नुपर्ने धारणा राखेका छन् ।

उनले यस वर्ष चीन–अफ्रिका सहयोगको नयाँ खाका बनाउन अफ्रिकी नेताहरूसँग मिलेर काम गर्न र साझा भविष्यका साथ उच्चस्तरीय चीन–अफ्रिका समुदायलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने इच्छा व्यक्त गरेका छन् ।