अन्तर्राष्ट्रिय

इरानमा गोली चल्दा १२ जनाको मृत्यु

५ फागुन, तेहरान । दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिबार बिहान एक जना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् । साथै अन्य तीन जनालाई घाइते बनाएको इरानको अर्ध–सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ ।

घटना स्थानीय समय अनुसार बिहान ४ः३० बजे फर्याब काउन्टीमा भएको हो । २५ वर्षीय हतियारधारी व्यक्तिले दुई वटा घरमा रहेका आफ्ना दुई सौतेनी दाजुभाइ र उनीहरूका परिवारका सदस्यहरूमाथि गोली चलाएको जनाकारीमा आएको छ । तस्निमले केरमानका प्रहरी कमाण्डर नासेर फरशीदलाई उद्धृत गर्दै सो जनाकारी दिएका हुन् ।

केरमानको न्याय विभागका प्रमुख इब्राहिम हमीदीले उक्त व्यक्तिले आफ्नो बुबा लगायतका परिवारका सदस्यहरूलाई मार्न कलश्निकोभ राइफल प्रयोग गरेको बताएको सरकारी समाचार एजेन्सी इरनाले बताएको छ ।