अन्तर्राष्ट्रिय

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन पेरोलमा रिहा

६ फागुन, बैङ्कक । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको छ महिनापछि आइतबार पेरोलमा रिहा भएको छन् ।

पेरोल कैदीहरू व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो । शर्तहरू पालना नभएको अवस्थामा उनीहरूलाई पुनः गिरफ्तार गरी जेलमा फिर्ता गर्न सकिन्छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ६ः०६ बजे बैङ्ककको उहाँको उपचार गरेको र एक वर्षको जेल सजायको छ महिना बिताएको एउटा प्रहरी अस्पतालबाट थाक्सिन कारमा चढेर घर फर्किएको हुन् ।

उनको उबपचार गरेको र एक वर्षको जेल सजायको छ महिना बिताएको सिन्ह्वाका संवाददाताहरूले बताएका छन् । थाइल्याण्डकी प्रधानमन्त्री श्रेता थाभिसिनले यस पहिले नै थाक्सिनलाई पेरोलमा रिहा गर्नु कानुनसम्मत हुने बताएका थिए ।

देशको कानुन तथा न्याय मन्त्रालयका अनुसार यसै महिना पेरोलका लागि स्वीकृत ९३० कैदीमध्ये ७४ वर्षीय पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक छन् । थाइल्याण्डको कानुन अनुसार उनी ७० वर्षभन्दा बढी उमेर पुगेको र गम्भीर रोगबाट पीडित भएकोले पेरोलका लागि योग्य छन् ।

थाक्सिनले १५ वर्षभन्दा लामो निर्वासन तोडेर गत वर्षको अगस्टमा थाइल्याण्ड फर्किएका थिए तर उनलाई तत्काल हिरासतमा लिइएको थियो र विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

स्वदेश फर्केको केही समयपछि स्वास्थ्य समस्याका कारण उनलाई बैङ्ककको जेलबाट प्रहरी अस्पतालमा सारिएको थियो । गत सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले थाक्सिनको आठ वर्षको जेल सजाय घटाएर एक वर्ष कायम गरेका थिए ।

थाक्सिन सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको प्रधानमन्त्री हुनुहुन्थ्यो तर सन् २००८ देखि उहाँ स्वनिर्वासनमा थिए ।