अन्तर्राष्ट्रिय

इरनाले २ वटा युद्धपोत जहाज बनायो

७ फागुक, तेहरान । देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुई वटा युद्धपोतहरू अनावरण गरिएको छ ।

स्वर्गीय इरानी कमाण्डर कासिम सुलेमानीलाई सम्मान गर्दै “शाहिद बाकेरी“ र “शाहिद सय्यद शिराजी“ नामका दिई जहाजहरू इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) नौसेनाको “शाहिद सुलेमानी“ वर्गका रहेको सो समारोहमा जानकारी दिइएको छ ।

नौसेना कमाण्डर अलिरेजा ताङ्सिरीले दिएको जनाकारी अनुसार ती जहाजहरू पूर्ण रूपमा इरानीहरूले डिजाइन गरेका हुन् । जसको लम्बाइ ६७ मिटर छ भने स्टेल्थ टेक्नोलोजी र हतियारहरूले सुसज्जित छ ।

ती जहाजहरूमा घरेलु रूपमा उत्पादन गरिएको लामो दूरीको सय्यद र मध्यम दूरीको नवभाब एयर डिफेन्स मिसाइलहरू जडान गरिएका छन् । ट्याङ्सिरीले ५, ५०० समुद्री माइल (९,५०० किमी) सम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ ।
चार वटा इन्जिनहरूद्वारा सञ्चालित जहाले तीनवटा हल्का रकेट पोतहरू समेत बोक्न क्षमताको रहेको बताइएको छ ।