प्रदेश 1

आफुनै दुई बर्ष मुख्यमन्त्री हुनुपर्ने भन्दै कोशी प्रदेशका निवर्तमा मुख्यमन्त्री कार्कीले दिए सर्बोच्चमा निबेदन

२८ वैशाख, काठमाडौँ । हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्र भएपछि निबर्तमान मुख्यमन्त्री केदार कार्की त्यसको बिरुद्धमा सर्बोच्च अदालतमा रिट दर्ता गराएक छन् ।
आज निवर्तमा मुख्यमन्त्री कार्कीले आफुलाई दुई बर्ष हटाउन नपाईने संबैधानिक ब्यवस्था भएअनुसार आफुनै मुख्यमन्त्री हुनुपर्ने दाबी गर्दै उनले आज सर्बोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।
गठबन्धन परिवर्तन भएपछि संघदेखी गण्डकी, कोशीलगायत प्रदेशहरुमा बिबाद हुँदै आएको छ ।
संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधबार मध्यरातमा संविधानको धारा १६८ ९५० अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेपछि आज मुख्यमन्त्रीमा हिक्मत कार्कीले सपथ खाएका थिए ।
हिक्मत कार्कीले सपथ खाएपछि निबर्तमान मुख्यमन्त्री कार्की आक्रोशित हुँदै सर्बोच्च अदालतमा रिट दिन गएका हुन् ।