२ जेठ, काठमडौं । क्रिकेटर सन्दीप लामिछानेलाई गौसाला २६ ले बलात्कार गरेको भन्दै दिएको रिटमा काठमाडौं जिल्ला अदालतको फैसला उल्ट्याउँदै निर्दोष सावित गरेको छ ।
आज उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले फैसलालाई उल्ट्याउँदै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले बताएका छन् ।
काठमडाौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएका क्रिकेटर सन्दीप लामिछाने प्रमाण नपुगेको भन्दै निर्दोष रहेको सावित गरेको छ ।
यस सँगसँगै क्यानले निलम्बन फुकुवा गरेको खण्डमा सन्दीप लामिछाने क्रिकेट खेल्न पाउनेछन् ।
सन्दीप लामिछानेको प्रतिबन्ध फुकुवा, सबै प्रकारका प्रतियोगीतामा भाग लिन पाउने