राजनीति

गले गृहमन्त्री लामिछाने, यसरी भए सहकारी ठगीमा संसदीय समिति बनाउन तयार

७ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफु संसदीय वा जस्तोसुकै समिति बनाएपनि त्यसका लागि तयार भएको बताएका छन् । कान्तिपुर दैनिकमा आएको समाचारप्रति खण्डन गर्दै आफु मिडिया मिलाउन नसक्ने बताउँदै आफ्नोतर्फबाट संसदलाई बन्धक बनाउने काम नहुने संसद संचालनका लागि काँग्रेसकै माग बमोजीम संसदीय छानविन समिति बनाईए आफुलाई मान्य हुने सामाजिक सञ्जालमार्फत बताएका छन् ।
लामिछानेले सुप्रीम लगायतका सहकारी ठगीमा आफ्नो संलग्नता नभएको बताएर यसो भनेका छन्, ‘न म सहकारीको सञ्चालक, न सदस्य । न गोर्खा मिडिया नेटवर्कमा एमडी रहँदा कुनै निर्णय गराई सहकारीबाट पैसा वा ऋण लिएको मान्छे,’ उनले प्रतिनिधिसभामा आइतबार पनि भने, ‘सार्वजनिक भएका विवरणमा मेरो नाम देखियो तर मेरो संलग्नता कहीँकतै छैन । सहकारीबाट ऋण लिने प्रक्रियामा मेरो कुनै पनि संलग्नता छैन । यो सम्बन्धमा मलाई जानकारी छैन ।’
आईतबार नेपाली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले लामिछानेको सहकारी ठगीको अनुसंधान गर्न संसदीय समिति नबने संसद कुनै हालतमा नचल्ने बताएका थिए। आईतबार नै संसदमा उनले आफैंबाट समिति बनाएर छानविन गर्न तयार रहेपनि अरुहरुको पनि सबैको छानविन गर्न सबै तयार रहनुपर्ने लामिछानेले बताएका थिए । काँग्रेसले कुनै हालतमा संसदीय समिति नबनीकन सदन चल्न नदिने बताएपछि रास्वपा सभापतिसमेत रहेका लामिछाने अन्नतः गलेका छन् । रवि बोलेपछि पत्रकार सम्मेलन नै गरेर उत्तर दिएका गगन थापाले आफ्नो प्रशुतिगृहमा जन्मिदादेखी अहिलेसम्मको जस्तोसुकै समिति बनाएर छानविन गरेपनि त्यसका लागि तयार भएको भन्दै रवि लामिछाने तयार नहुनु हुनको बालहठ भएको बताएका थिए । गगनले काँग्रेस, कम्युनिष्ट वा जोसुकैको बिषयमा गृहमन्त्रीले बोल्ने भन्दापनि तत्काल अनुसंधान गरी दोषी देखिए कारबाही गर्न शुरु गर्नुपर्ने बताएका थिए ।

म माथी जस्तोसुकै छानविन गरेपनि तयार छु, रविको सहकारी ठगी छानविन समिति नबनाईए संसद चल्दैनः महामन्त्री थापा