राजनीति

म माथी जस्तोसुकै छानविन गरेपनि तयार छु, रविको सहकारी ठगी छानविन समिति नबनाईए संसद चल्दैनः महामन्त्री थापा

६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पत्रकार सम्मेलनमार्फत रवि लामिछानेले संसदमा बोलेपछि आफ्ना बारेमा कुनैपनि उजुरी नपरेको दाबी गलत भएको बताएका छन् ।
उनले पोखारामा सहकारीपीडितले रवि लामिछानेका बिरुद्धमा निबेदन दिएको, सिआईबीले पनि उनको नाम मुछेको भन्दै ऋण लिएको ब्यक्तीको ऋण यकिन नभएको लगायतका कुरा आईसकेको बताएका छन् ।
नेता थापाले सुप्रिम सहकारीको अदालतमा अभियोजन गरेको पत्रमा पनि रवि लामिछाने मुछिएको भन्दै आफुले डकुमेन्टहरु मिडियामा आएका भेरिफाई गरेकोमात्र भनेका छन् ।
त्यसपछि गोखा मिडियामा एक करोड ८० लाख सेयर हालेर पैसा तिरेर सेयर होल्डर र प्रबन्ध निर्देशक बनेका बताए । उनले गोरखा मिडियामा करिव एक अर्ब रकम जिवी राई र रवि लामिछानेले अडिटमा हस्ताक्षर गरेको प्रमाणसहित देखाएका छन् ।
दफा १२२ को द को कानूनमा सहकारीमा कसैले पनि गलत काम गरेमा कशुर हुन्छ भन्ने कानून स्पष्ट भएको बताए । ०६८ सालमा शुसीला कार्की र भरत उप्रेतीको संयुक्त इजलासले कम्पनीको एमडी मुख्य ब्यक्त हुने बताएका छन् । राप्रपाका साँसद गीता बस्नेत फरार भएको यस्तै प्रकारको घटनाबाट भएको हो । कृष्णशार रिसोर्टको घटना यससंग जोडिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा पेश गरिएको देखी सबैमा नयाँ पार्टी भनेर प्रश्न गर्दै आईएको बताए । नेता थापाले आफुहरु आफ्नै पार्टीका नेताहरुलाई प्रश्न राखेर आएको भन्दै तमाम बिषयहरु हुँदाहुँदै अन्य सामान्य ब्यक्तीकोमा हुँदा यी घटनाहरुको बारेमा कारबाही भईसक्ने दाबी गरे । उनले संसदले छानबिन गर्दाखेरी रवि लामिछानेले आफ्नो अनुसंधान रोक्नुभएको भन्दै रवि लामिछाने संसदीय छानविन समितिसँग डराउनुभएको आरोप लगाएका छन् ।
नेता थापाले प्रहरी, न्यायधीश, राश्वपा, बिदेशी कुनैपनि छानबिन समिति बनाएर आफुलाई छानबिन गरिएपनि आफु त्यसका लागि तयार भएको बताए ।
उनले आफ्नो घरअगाडीको ६० लाख कसले तिर्छ ? गोरखा मिडिायाले चलाएको रकम सहकारी पीडितको सबै रकम खोजिन गरि तिर्नुपर्ने बताए । गल्ती कमजोरी काँग्रेस, एमाले, माओबादी जसले पनि गल्ती गरेमा कारबाही भोग्नुपर्ने उनले बताए ।
रास्वपामा पहिला मिडिया चलाउने, सहकारी चलाउने, पार्टीको जिम्मेवार पदमा बस्ने अनि पछि देशै चलाउन खोज्ने देखियो । नारायण काजी श्रेष्ठ हुँदा, जनार्दन शर्मा हुँदा केही राम्रो भएको बताए । उनले अहिले भने एउटाले एउटा काण्ड लुकाउने, अर्कोले अर्को लुकाउने जस्ता काम भईरहेको बताए ।
आजको सरकारको प्रस्तताव भनेको नेपालमा सहकारीको अवस्था कस्तो छ भनेर अनुसंधान गर्ने समिति बनाउने मात्र आएको त्यो जरुरी नभएको बताए । उनले काँग्रेस वा कुनैपनि नेताको छानविन गर्ने, फायल खोल्ने कार्य अगाडी बढाउने भनेर धम्की आएको भन्दै आवश्यक प्रकृया अगाडी बढाउन चुनौती दिए । उनले उपप्रधान एबम् गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीका बिषयमा छानविन गर्न संसदीय समिति नबनाए संसद चल्न नसक्ने बताए । उनले सबै फायलहरु खोल्दै संसदीय समिति बनाउनलाई नरोक्न आग्रह गरेका छन् ।