समाचार

सिरोहियाको अनुसन्धानका लागि ३ दिनको म्याद थप

९ जेठ, काठमाडौं । कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका लागि जिल्ला अदालत धनुषाले ३ दिनको म्याद थप दिएको छ ।

अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप तिन दिनको म्यादको अनुमति दिएको छ । नागरिता सम्बन्धी मुद्दामा मंगलबार आफ्नो कायैकक्ष बाट नै पक्राउ गरेका धनुषा लगिएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले उक्त आदेश दिएका थिए ।