राजनीति

गृहमन्त्री लामिछाने र महान्याधिवक्ता पोखरेलविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

९ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरूद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।
महान्यायाधिवक्ता कार्यालयको उक्त पत्रविरूद्ध अधिवक्ताअनुपम भट्टराईले  सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारले भट्टराईको रिट दरपिठ गरिदिएका थिए ।
त्यस्तै रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी बैधतामाथि प्रश्न उठाइएको थियो ।