खेलकुद

सन्दीपलाई भिसा दिलाउन खेलकुद मन्त्रालयले परराष्ट्रलाई पठायो पत्र

१० जेठ, काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिका पठाउन युवा तथा खेलकुद मन्त्रालयले पहल गरेको छ । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारीअनुसार लामिछानेलाई विश्वकप खेल्न पठाउन मन्त्रालयले पहल जारी राखेको छ ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँग छलफल भएको छ । सोपश्चात् मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको सचिवालयले जानकारी दिएको छ ।