समाचार

संसदको गतिरोध अन्त्य गर्न एकीकृत समाजवादीले प्रधानमन्त्री र कांग्रेससँग छलफल गर्ने

१० जेठ, काठमाडौ । नेकपा संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ । आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री र कांग्रेसबीच संवाद गरेर पहल थाल्ने निर्णय भएको बताए ।

साथै,एकीकृत समाजवादीले १० औं महाधिवेशनका लागि तयार गरिएको पार्टीको दस्तावेज जिल्लास्तरमा पठाउने निर्णय पनि गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ । कांग्रेसको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्दै आएका छन् ।