समाचार

संसदिय छानबिन समितिको टिओआरमा आज पनि जुटेन समिति

१० जेठ, काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदिय समिति बनाउनका लागी गठित कार्यदलको बैठक आज पनि निश्कर्षबिहिन भएको छ ।
आज बिहिबार संसदिय समिति टिओआर टुंगाउन कार्यदलको बैठक बसेपनि कांग्रेसले आफ्नो अडान कायम नै राख्दा बैठक नटुंगिएको हो ।
‘हामीले गृहमन्त्री रविजीलाई पहिले नै दोष देखाएर छानबिन समिति गठन गर्न सकिँदैन भनेर आफ्नो धारणा प्रस्टरुपमा राखेका छौ,’ कार्यदका सदस्य एवं एमाले मुख्य सचेतक महेश बर्तौलाले भने, ‘रविजीको नाम नराखेर सहकारीमा छानबिन गर्न सकिन्छ कि भन्नेमा कांग्रेस देखिन्छ ।’