मनोरञ्जन

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

२१ जेठ, काठमाडौँ । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् ।

सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ ।

फिल्म ‘प्रसाद २’ को विवादमा उनलाई पक्राउ गरिएको जनाइएको छ । आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।