राजनीति

अध्यक्ष ओली पत्रकारसँग रिसाउँदै भने: गिरीबन्धु प्रकरण बारे मेयर बालेन शाहलाई गएर सोध्नुस्

२१ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरण बारे बुझ्न मेयर बालेन्द्रलाई सोध्न आग्रह गरेका छन् ।
संसद् भवन परिसरमा मिडियासँग कुराकानी गर्दै अध्यक्ष ओलीले बताएका हुन् । मेयर बालेन शाहले बिहानमात्रै स्टाटस लेख्दै १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनतालाई नझुक्याउन आरोप लगाएका थिए । यसै बिषयमा गिरीबन्धु सम्बन्धी प्रश्न गर्दा अध्यक्ष आलीले मेयर बालेन शाहलाई सोध्नु भनी जवाफ दिएका हुन्।

मेयर बालेनको ओलीलाई चेतावनीः १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनतालाई नझुक्याउनुस्