गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

२५ जेठ, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले आज प्रदेश संसदीय दलको कार्यालयमा विश्वासको मत लिने सम्बन्धि पत्र दर्ता गराएका हुन् ।

गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।