राजनीति

एक दुई जनाको मुख हेर्नेगरी ल्याइएको बजेटलाई सन्तोष मान्न सकिन्न : अध्यक्ष ओली

१ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटलाई देशको विकासका लागि जनता केन्द्रित बनाउनुपर्ने बताएका छन्।
शनिबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले एकदुई जनाको मुख हेर्नका लागि नभइ बजेटलाई देशको विकासका लागि जनता केन्द्रित बनाउनुपर्ने बताए। उनले देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि एमाले सरकारमा गएको भन्दै ओलीले त्यही विषयमा कमजोरी भए सन्तोष मान्न नसकिने बताए।

संसदीय दलको बैठकमा संसदीय दलको कामका बारेमा छलफल भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सुझाव तथा जिज्ञाशा राख्ने काम बैठकमा भएको उनले बताए। बर्तौलाले अहिलेको बजेट प्रभावकारी ढंगले आउनका लागि छलफल कम भएकै कारण गुनासा आएकाले यसलाई अन्यथा लिन नहुने बताए।