समाचार

प्रधानमन्त्री प्रचण्ड सत्ता जोगाउने खेलमामात्र लागेः काँग्रेस सांसद खतिवडा

२ असार, काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मुलुकमा सुशासन झन् कमजोर हुँदै आएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले दक्षता र योग्यताको आधारमा नभइ पार्टीका झण्डा बोकेको आधारमा कर्मचारीहरूलाई राख्ने र फाल्ने काम भइरहेको भन्दै आपत्ती जनाए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सत्ता जोगाउने खेलमा लागेको आरोप लगाए। प्रधानमन्त्री सत्ता जोगाउने खेलमा लाग्ने। “चुनाव अघि एउटा कुरा गर्ने चुनावपछि अर्को कुरा गर्ने, उनले भने, सुशासन झन कमजोर हुँदै गएको छ। सुशासन कायम गर्ने सबैको पहिलो कर्तव्य हो।” उनले बताए