राजनीति

बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश : नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

२ असार, काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगरसभाको १५ औं अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ। आइतबार नगरसभा बैठक सुरु भएपछि एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि नगरसभा असार १० गतेसम्मका लागि स्थगित गरिएको हो।

बैठक स्थगित भएपनि मेयर शाहले एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३ जना नेताले गर्दा , १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको समेत उल्लेख गरे।

शाहले काठमाडौं महानगरको कुनै पनि नीति,योजनाबारेमा छलफल बन्द कोठामा नहुने धारणा राखे। ‘३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो।’उनले लेखेका छन्,‘काठमाडौं महानगरको कुनै पनि नीति,योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन। जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ। यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ।’