आर्थिक

कृषि विकास सहकारीको बचतकर्ताको रकम हिनामिना : अध्यक्षसहित चार जना पक्राउ

२ जेठ, काठमाडौँ । प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सहित चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त सहकारीका अध्यक्ष तेजविक्रम थापासहित व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरु भिमसेन महर्जन र सञ्जय सापकोटालाई सार्वजनिक गरेको हो।

उक्त सहकारीबाट २ हजार ५ सय ३१ बचतकर्ता पीडित भएको देखिएको र २ अर्ब ८० करोड निक्षेप रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। जसमध्ये ५ सय ६६ जनाले रु ९४ करोड २३ लाख ४२ हजार ठगि गरेको उजुरी प्राप्त भएको प्रहरीले बताए।

पक्राउ परेकामध्ये थापा कृषि टेलिभिजन र गोर्खा टेलिभिजनका अध्यक्षसमेत हुन्। प्रहरीलाई झुक्काउनका लागि उनले अर्कै नाममा टेलिभिजनको परिचयपत्र समेत बनाएको प्रहरीले जनाएको छ।