राजनीति

प्रधानमन्त्रीको प्रतिबद्धता विपरीत बजेट आयो : योगेश भट्टराई

३ जेठ, काठमाडौँ । नेकपा एमाले सांसद योगेश भट्टराइले बजेट निर्माणको प्रक्रियामा पुरानै ढाँचा अवलम्वन गरिएकाले विभिन्न टिकाटिप्पणी आइरहेको बताएका छन्।
आज संसदमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले बजेट निर्माणको प्रक्रिया पुरानै ढाँचाबाट नभएर यसमाठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएको बताए।
उनले तीन करोडमाथिका मात्रै आयोजनालाई बजेटमा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता विपरीत साना साना आयोजना राखेर ल्याउँदा कुनै प्रतिफल नआउने धारणा राखे । तीन तहलाई निश्चित अंक बराबरको बजेट व्यवस्था गर्ने प्रणालीलाई स्थापीत गर्न सकने परिणाममुखी ढंगले बजेटको कार्यान्वयन गर्न सकिने उनले बताए ।