राजनीति

वर्तमान सत्तासमीकरणमा कुनै खटपट आएको छैन : प्रधानमन्त्री दाहाल

३ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्तासमीकरणमा खटपट नआएको बताएका छन् । बजेटका सन्दर्भमा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्टि सामान्य भएको बताउँदै प्रधानमन्त्री दाहालले समीकरण निरन्तर रहने बताए।
एमाले अध्यक्ष ओलीले सरकारको विरोध जनाएको प्रसंगमा दाहालले सामान्य भएको बताए । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सत्तासमीकरणबारे बाहिर आएको कुरामा सत्यता नभएको दावी गरे । ‘ओलीजीले विरोध गर्नुभएको होइन ,गरे जस्तो मात्रै गर्नुभएको हो । त्यस्तो केही भएको छैन ,’उनले भने ,‘सत्ता समीकरणमा कुनै खटपट आएको छैन । कतिपय सन्दर्भमा मिडियामा आएका कुरामा सत्यता छैन । यो समीकरण राम्रैसँग अगाडि बढ्छ । ’