राजनीति

वर्तमान व्यवस्था र प्रणालीले धेरै–धेरै विकृति र विसंगति सिर्जना गर्यो : अध्यक्ष नेपाल

३ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान संविधान र व्यवस्थामा व्यापक सुधारको खाँचो रहेको बताएका छन् ।
आज पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ समाजवादीको मुखपत्र संकल्प–२ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान प्रणालीले धेरै–धरै विकृति र विसंगतिहरु सिर्जना गराएको बताएका हुन् ।
‘हामीले अहिले जुन किसिमको संविधान र व्यवस्था ल्याएका छौं । त्यसअनुसारको काम र व्यवहार गरिरहेका छौं । निर्वाचन प्रणाली अपनाएका छौं, जुन किसिमको संरचना लिएर अगाडि बढेका छौं, के त्यो आफैंमा अपरिवर्तनीय छ र रु होईन, परिवर्तनको आवश्यकता देखिन्छ । कतिपय कुराहरु व्यवहारले पनि के प्रष्ट पारेको छ भने धेरै–धरै विकृति, विसंगतिहरु यही हाम्रा प्रणालीले पनि सिर्जना गरेको छ । प्रणालीमा पनि सुधारको आवश्यत्ता छ,’– अध्यक्ष नेपालले भने ।