समाचार

सांसद हृदयराम थानीको प्रश्न : समानुपातिक बजेट दिन्छु भनेको कर्णालीलाई मृत्यु राजमार्ग वहन गर्न दिएको हो ?

४ असार, काठमाडौँ । कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन र भौतिक पूर्वाधार मन्त्रालय घेराउ गर्ने नेपाली कांग्रेसका सांसद हृदयराम थानीले चेतावनी दिएका छन् ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले सरकारकै कारण कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु मार्ग बनेको आरोप लगाए । ‘समानुपातिक बजेट दिन्छु भनेको कुरा कर्णालीलाई मृत्यु राजमार्ग वहन गर्न दिएको हो ?’ उनले प्रश्न गर्दै चेतावनी दिए, ‘। मन्त्रालय घेराउ गर्नुपर्ने छ ।’