राजनीति

गृहमन्त्रीलाई सांसद थानीको चुनौति : फाइल खोल्छु भनेर कसलाई धम्क्याएको, तागत छ गिरीबन्धु र क्यान्टोनमेन्टको फाइल खोल्ने ?

४ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद हृदयराम थानीले फाइल खोल्छु भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेताहरुलाइ धम्क्याउने गरेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थानीले फाइल खोल्छु भनेर धम्की दिनुभन्दा गिरीबन्धु र क्यान्टोनमेन्टको फाइल खोल्ने तागत देखाउन चुनौती दिएका छन् ।
‘भ्रष्टाचारका फाइल खोल्न सिंहको जस्तो मुटु हुनुपर्छ भनेका गृहमन्त्रीजी तीन वटा फाइल कुन हो भन्नु पर्छ । तपाईं सक्नु हुन्छ भन्न ? किन ढिलो गर्नुभएको छ खोल्न ?,’ उनले प्रश्न गरे, ‘तपाईं कसलाई धम्क्याइरहनु भएको छ ? कांग्रेसलाई होला भन्ने बुझ्न सक्छु । गिरीबन्धुको छानबिन गर्न सिंहको जस्तो मुटु छ ? क्यान्टोनमेन्टको घोटाला छानबिन गर्न सक्नु हुन्छ ?’