आर्थिक

हिमालयन बैंक र सिटिजन्स क्यापिटल बीच थप सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता

४ असार, काठमाडौँ । हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच थप सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

आज एक समारोह बीच हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।