समाचार

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरिएको रिट ‘हेर्दाहेर्दै’मा

७ असार, काठमाडौँ । सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिट हेर्दाहेर्दै मा राखिएको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा आज रिटमाथि सुनुवाइ भएको थियो। रिटमाथि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

यसअघि असार ४ गते रिट हेर्न नमिल्ने मा राखिएको थियो। सो दिन सुनुवाइका लागि रिटको पेशी न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएको थियो। गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन्।