समाचार

संसदका कर्मचारीको समस्या छिटो समाधान गर्नुपर्छ : अध्यक्ष ओली

९ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदका कर्मचारीको समस्या छिटो समाधान गर्नुपर्ने बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले वार्ताका माध्यमबाट छिटो कर्मचारीको समस्या समाधान गर्नुपर्ने बताएका हुन्।

उनले सकारात्मक निष्कर्षका साथ कर्मचारीको समस्या हल गर्न पनि सुझाव दिए। विभिन्न माग राख्दै संसद सचिवालयका कर्मचारीहरू निरन्तर आन्दोलनमा रहेका छन्।