राजनीति

म कुनै पनि काण्डको फाईल खोल्न डराएको छैन : गृहमन्त्री लामिछाने

१० असार, काठमाडौँ । उपप्रधान तथा गुहमन्त्री रबि लामिछानेले आफु कुनै पनि काण्डको फाईल खोल्न नडनराउने दाबि गरेका छन् ।

आजको प्रतिनीधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले केन्द्रिय अनुसन्धान ब्युरो गिरिबन्धु टि ईस्टेटको उजुरीको प्रतिक्षा गरिरहेको बताएका छन् ।

‘कुनै पनि काण्डका विषयमा डराउनुपर्ने नबोल्नुपर्ने, कुनै पनि फाइल नखोल्नुपर्ने एउटा पनि बाध्यता मेरो काँधमा छैन, मेरो शीरमा छैन’, उनले भने ।