समाचार

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसमबन्धी छानबिन गर्न दुई उपसमिति गठन

१३ असार, काठमाडौँ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसमबन्धी छानबिन गर्न दुई उपसमितिको गठन भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमबन्धी छानबिन गर्न एमाले सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन भएको हो ।

दुबै उपसमितिलाई अधिकतम महिना दिन भित्र प्रतिवेदन पेश गर्न समय दिइएको जानकारी प्राप्त भएको छ ।