समाचार

नगरसभा बैठकमा मेयर बालेनको अनुपस्थितका कारण बैठक स्थगित

१४ असार, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पाँचौँ नगरसभा बैठकमा अनुपस्थित भएपछि बैठक स्थगित भएको छ ।

आज बिहान ८ बजे बोलाइएको नगर सभाको बैठकमा मेयर शाह साढे ११ बजेसम्म पनि सभामा उपस्थित नभएपछि बैठक स्थगित भएको हो।

‘आज बिहान बोलाएको छलफलमा मेयर आउनु भएन । पर्याप्त तयारी नपुगेको भन्दै छलफलमा सहभागी नभएपछि स्थगित भयो,’ महानगरका प्रवक्ता नविन मानन्धरले बताए।