समाचार

मेयर बालेन साहलाई जिम्मेवारी कम भएर मात्तिएका सांसद तामाङको आरोप

१४ असार, काठमाडौँ । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पैसा र बैंसले मात्तिएको आरोप लगाएका छन् ।

आजको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जिम्मेवारी कम भएको टिप्पणी समेत गरेका छन् ।

‘महानगरपालिकाले कहिले ल्याएर सडक विभागमा फोहोर फालिदिन्छ । कहिले सिंहदरबारभित्र फोहोर फालिदिन्छु भन्ने, कहिले प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने । यो राम्रो भएन जस्तो लाग्छ’, सांसद तामाङले भने ।