समाचार

बुढीगण्डकी करिडोर आयोजनाको काम अगाडि बढाउन सरकारलाई नेसपाको ज्ञापन पत्र

१४ असार, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढाउन सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री तथा उक्त पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

भट्टराईले बुझाएको तीन बुँदे मागको पहिलो नम्बरमा अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्नुपर्ने उल्लेख छ । अधिकार सम्पन्न प्राधिकरणमार्फत् समग्र बुढीगण्डकी कोरिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने माग पनि उल्लेख छ ।