समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक काठमाडौंबाट पक्राउ

१४ असार, काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी फरार रहेका थिए । आज उनलाई बौद्धबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर गरेको आरोप छ । सबै कसुर जोड्दा उनलाई २४ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा प्रतीकको पनि संलग्नता खुलेको अभियोग पत्रमा उल्लेख छ । प्रतिकले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरुसँगको भेटघाटको जक्सन काठमाडौंको नक्सालस्थित निलगिरी होटललाई बनाएको अभियोग पत्रमा उल्लेख छ