समाचार

भुटानी शरणार्थी प्रकरण : फरार रहेका बेचन झा पक्राउ

१५ असार, काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा फरार रहेका थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेचन झा रहेका छन् । उनलाई शुक्रबार राती काठमाडौंबाट पक्राउ गरिएको हो । यसअघि प्रहरीले शुक्रबार नै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ ।

परिसरले गरेको पहिलो चरणको अनुसन्धानमा उनी पक्राउ परेका थिएनन्।